गण्डकी प्रदेशमा यसरी हुँदैछ नयाँ सांसदलाई स्वागत गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २५ गते २१:१०
गण्डकी प्रदेशमा यसरी हुँदैछ नयाँ सांसदलाई स्वागत गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७९ कास्की । निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै गण्डकी प्रदेश सभा सचिवालय प्रदेश सभा सदस्यको स्वागतका लागि जुटेको छ ।

पुरानो संरचनालाई सजावट गरेर भए पनि प्रदेश सभा भवन र भवन परिसरलाई चिटिक्क पार्ने काममा सचिवालय लागेको छ । बैठक बस्ने मुल भवन रंगरोगन सांसदका लागि कुर्सी, टेबल, माइक नयाँ जडान गरिएको छ ।

हिमालको काखैमा रहेको गण्डकी प्रदेश सभाको भवनमा नयाँ निर्वाचित प्रदेशसभा सदस्यको स्वागतका लागि तयारी गरिदै छ । पोखरा महानगर नदीपुरमा रहेको प्रदेश सभा भवनको गेटदेखि बैठक कक्षसम्म सजावट गर्न प्रदेश सभा सचिवालयले मर्मत देखि सजावटका काम गरिरहेको छ ।

मुख्य बैठक कक्ष, सचिवालय, संसदीय दलका कार्यालय र विभिन्न समितिका कार्यालय रंगरोगन गरिएको छ । सभा हल भित्र रहने माइक, कुर्सी, टेबलको मर्मत थालिएको छ । प्रदेशसभा परिसर सजावट गर्न फूलका बिरुवा रोपण, गोडमेल र छाँटकाँट गरी आकर्षक बनाइएको छ । सचिवालयले प्रदेश सभा परिसरमा पुस्तकालय समेत बनाएको छ ।

यो पटक प्रदेशमा पाँच दलको प्रतिनिधित्व हुने हुँदा सचिवालयले दलका लागि कार्यालय व्यवस्थापन समेत गरेको छ । तत्कालीन नगर प्रशिक्षण केन्द्रका ४ वटा भवन र केही अस्थायी संरचना बनाएर प्रदेश सभाका लागि पूर्वाधार निर्माण गरिएको छ । सचिवालयले कर्मचारीको कार्यकक्ष निर्माणका लागि थप अस्थायी संचना बनाउन ४७ लाखको ठेक्का प्रक्रिया अघि बढाएको छ ।

६० सदस्य रहने गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले कुल २७ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । यस्तै, नेकपा एमाले २२ सिटसहित दोस्रो, माओवादी केन्द्र ८ सिट सहित तेस्रो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *