फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
२५ मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको पहिलो खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै मोरक्को सेमिफाइनलमा पुगेको हो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई फ्रान्सले २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो ।
साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल पर्सि राति १२ : ४५ मा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल आगामी बुधवार राति १२ : ४५ मा हुनेछ । सेमिफाइनलमा विजेता बनेका दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । विश्वकप फुटबलको फाइनल खेल डिसेम्बर १८ मा राति ८ : ४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया