खेलकूद

विश्वकप लिग टू मा नेपालले आज नामिबियासँग खेल्दै

हिमालय टिभी
२०७९ मंसिर २१ गते ९:१२
विश्वकप लिग टू मा नेपालले आज नामिबियासँग खेल्दै

२१ मंसिर २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

यो खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । श्रृङ्खलामा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको छ ।

श्रृङ्खलाको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अङ्क बाँडिएको थियो । श्रृङ्खलामा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अङ्क बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अङ्क बाँडेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अङ्कसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्