खेलकूद
नेपाल र नामिबिया भिड्दै
२०७९ मंसिर १६ गते ९:१५

१६ मंसिर २०७९ काठमाडौं । नामिबियामा आजदेखि शुरु विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले पहिलो खेल आज खेल्दैछ ।
पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबिया बीचको खेल वाइन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बाट शुरु हुनेछ ।
सिरिजमा नेपाल,नामिबिया र स्कटल्याण्ड छन् । नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय भएको छ । जसमा दुवै खेल नामिबियाले जितेको छ । ६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ ।
नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ । आजदेखि शुरु यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जितसहित सिरिजको शरु गर्न चाहन्छ ।
प्रतिक्रिया