पूर्वाञ्चल शिक्षण अस्पताल– बिरामीलाई सेवाभन्दा सास्ती धेरै (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १४ गते १८:१८
पूर्वाञ्चल शिक्षण अस्पताल– बिरामीलाई सेवाभन्दा सास्ती धेरै (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७९ मोरङ । पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको शिक्षण अस्पतालमा चरम लापरबाही र बेथिथि मौलाउँदै गएको छ ।

लापरबाहीका कारण बिरामीले प्रभावकारी उपचार पाउन सकिरहेका छैनन् । पदाधिकारीको स्वार्थ र राजनैतिक खिचातानीले तहसनहस बनेको विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचारका लागि जाने बिरामीको बिचल्ली भइरहेको छ ।

मंगलबार अपराह्न अस्पतालमा थोरै संख्यामा बिरामी अस्पतालमा थिए । उनीहरू सबै चिकित्सकको पर्खाईमा थिए । उपचारकै लागि टाढाबाट बिरामी अस्पताल पुगेपनि चिकित्सक भने थिएनन् । १२ नबज्दै चिकित्सक अस्पतालबाट बाहिरिसकेका थिए । सबै कोठा खाली थियो । चिकित्सक नहुँदा बिरामीको बिचल्ली देख्न सकिन्थ्यो ।

अस्पतालमा दैनिक १ सय ५० भन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । सेवा प्रवाहको अवस्थाका अत्यन्तै कमजोर रहेको अस्पतालमा सुन्दरहरैँचा, बेलबारी, केराबारी लगायतका स्थानबाट दैनिक तीन सय जनासम्म बिरामी आउँछन् । तर विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध रहेको अस्पतालबाट सर्वसाधारणले उपचारबिहीन बनेर फर्कनु परिरहेको छ । घरछेउमै अस्पताल हुँदा पनि ठूलो तनाव बेहोर्नु परिरहेको बिरामीको गुनासो छ ।

स्वास्थ्य सम्बन्धी सामान्य समस्या लिएर जाँदा उपचार पाउन तीन दिनसम्म लाग्ने गरेको छ । रिपोर्ट लिएर जाँदा चिकित्सक नहुँदा बिरामी अन्य अस्पताल धाउन बाध्य छन् ।

अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अफिसर, १९ जना नर्सिङ कर्मचारी, सात जना ल्याब टेक्निसीयन एवं प्राविधिक छन् । दिशा, पिसाब, रगत, थाइरोइट, मधुमेह लगायत परीक्षण गर्ने व्यवस्थित प्रयोगशाला ९ल्याब० र एक्स–रे, भिडियो एक्स–रे, फिजियो थेरापी एवं इसिजी सेवासमेत उपलब्ध रहेको अस्पताल अनियमितताको चरम बेथितीभित्र रुमलिएको छ ।

अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न नसक्दा अस्पताल नै धारासायी बन्ने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *