नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

२०७९ मंसिर ७ गते ९:४९
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

७ मंसिर २०७९ मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ ।

क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याउनुभएको छ ।

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *