खेलकूद

युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई १७७ रनको लक्ष्य

हिमालय टिभी
२०७९ मंसिर २ गते १३:०३
युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई १७७ रनको लक्ष्य

२ मंसिर २०७९ काठमाडौं । आयान अफजल खानले नटआउट ५४ रन बनाउँदा युएईले एक दिवसीय सिरिजको तेस्रो खेलमा नेपालसमक्ष जितका लागि १ सय ७७ रनको लक्ष्य पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी सिरिजको अन्तिम तथा निर्णायक खेलमा धर्मराएको युएईले नेपाललाई सामान्य लक्ष्य दिएको हो । टस गुमाएर पहिले ब्याटिङका लागि बोलाइएको पाहुना टोलीले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७६ रन बनायो ।

खेलमा युएईको ब्याटिङ राम्रो हुन सकेन । १६ रन बनाउँदा युएईले चौंथो ओभरको पहिलो बलमा आफ्ना तेस्रो ब्याटर गुमाएरको थियो । तर रोहन मुस्तफा र अलिशन शराफुले चौंथो विकेटका लागि ६३ रनको साझेदारी गर्दै पाली सम्हाले । तर २४ औं ओभरमा रोहन २४ रन बनाएर आउट हुँदा संकटमा परेको युएईले त्यसपछि लगातार विकेट गुमायो ।

एक समय ३२ ओभरको पहलिो बलमा ९३ रन बनाउँदा ९ विकेट गुमाईसकेको युएईका लागि तल्लोक्रममा आयान र हजरत विलालले अन्तिम ओभरसम्म नटआउट ८३ रन बनाउँदा युएईले मध्यम लक्ष्य बनायो । आयानले ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै, विलालले २० रन जोडे । शराफुले ३३ रन जोडे ।

युएईका ब्याटरलाई सुरुवातदेखि दबाबमा राखेको नेपालका लागि गुल्शन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो ।

अहिले १ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । ३ खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ८४ रनले र दोस्रो खेलमा युएई ३ विकेटले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्