खेलकूद

आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश, पुलिस २ विकेटले पराजित

हिमालय टिभी
२०७९ कार्तिक २५ गते १८:०२
आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनल प्रवेश, पुलिस २ विकेटले पराजित

२५ कात्तिक २०७९ काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय पाली र तीव्र गतिका बलर करण केसीको धारिलो बलिङ बाबजुद नेपाल पुलिस क्लबलाई हराउँदै साबिक विजेता त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रि वि क्रिकेट मैदान कीर्तिपुरमा भएको विभागीय डर्बीमा २ विकेटको रोमाञ्चक जित निकाल्दै आर्मीले एपिएफसँगको भेट पक्का गरेको हो । ३ सय ५ रनको विशाल लक्ष्य आर्मीले खेल सकिन १ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

जितका लागि अन्तिम ओभरमा आर्मीलाई ८ रनको आवश्यकता थियो । स्ट्राइकमा रहेका राजेश पुलामीले पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो बलमा रन बनाउन सकेनन् । दोस्रो बलमा चौका प्रहार गरेपछि आर्मीले तेस्रो र चौंथो बलमा १९१ रन लियो ।

पाँचौं बलमा राजेशले छक्का प्रहार गर्दै आर्मीलाई लगातार पाँचौं संस्करण पनि फाइनलमा पुर्याए । आर्मीले ४६ रन बनाउँदा २ विकेट गुमाईसकेको थियो । तेस्रो विकेटका लागि हरी चौहान र रोहित पौडेलले १ सय ३५ रनको साझेदारी गर्दै आर्मीलाई जिततर्फ डोर्याए ।

हरि ७५ रन बनाएर आउट हुँदा रोहित ८९ रन बनाएर रासिद खानको बलमा करण केसीबाट क्याच भए । राजेशले नटआउट ४३, कप्तान विनोद भण्डारीले ३२ र तल्लो क्रममा विक्रम शोबले ३० रन बनाए ।

बलिङमा करणले ६ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४ रन बनायो । पुलिसलाई विशाल योगफल दिलाउन दीपेन्द्रको शान्दार ब्याटिङ गरे ।

सुरुवाती ३ ब्याटर सस्तैमा आउट हुँदा पुलिसको खातामा ६७ रनमात्र थियो । चौंथो विकेटका लागि कप्तान दीपेन्द्र र आरिफ शेखले २ सय ४ रनको विशाल साझेदारी गरेपछि पुलिसले विशाल योगफल बनायो । दीपेन्द्रले १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ४० रनको बनाए ।

राष्ट्रिय प्रतियोगितामा उनको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । प्रधानमन्त्री कपमा उनको यो दोस्रो शतक हो । यसअघि बागमती प्रदेशविरुद्ध उनले १ सय ८ रन बनाएका थिए । आरिफले नटआउट ९१ रन जोडे । बलिङमा आर्मीका विक्रम सोबले ३ र सुशन भारीले १ विकेट लिए ।

अब उपाधिका लागि भोली एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । गत संसकरण एपिएफलाई हराउँदै आर्मी च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्