सँधै प्रलोभन मात्र, पथरी शनिश्चरेका बासिन्दालाई छैन उम्मेदवारप्रति भरोसा (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २१ गते २१:२७
सँधै प्रलोभन मात्र, पथरी शनिश्चरेका बासिन्दालाई छैन उम्मेदवारप्रति भरोसा (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ मोरङ । मंसिर ४ गतेको निर्वाचनका लागि दलहरु प्रचारमा व्यस्त हुँदा मोरङ पथरी शनिश्चरेका बासीन्दालाई चुनावको चटारो छ, न उम्मेदवारप्रति कुनै आशा । विगतका आश्वासन कसैले पनि पुरा नगरेकाले उम्मेदवारको चुनावी मुद्दाले मतदातालाई छुन सकेको छैन ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ का जसपाल लिम्बू ७३ वर्षको हुनुभयो । २०३६ सालदेखि लिम्बूले एक विघा १० कठ्ठा जमिन जोतभोग गरिरहनु भएको छ । तर धनीपुर्जा उहाँको हातमा परेको छैन । यो बीचमा कैयौं नेताले जग्गाको दोहोरो स्वामित्व र सुकुम्वासी समस्या अन्त्य गर्ने बचन पनि दिए । जितेर गएका नेताका अवस्थामा आकाश जमिनको फेरबदल आयो । तर उहाँको अवस्था उस्तै छ । जसपालका छोरा र नातीले पनि दोहोरो स्वामित्वको समस्या भोगिरहेका छन ।

भोट माग्न आउनेले यो क्षेत्रमा मुख्य समस्याका रुपमा सदियौंदेखि रहेको सुकुम्बासी र दोहोरो स्वामित्वको समस्या हल गर्ने सपना देखाए । तर वाचा पूरा गरेनन् । अहिले पनि यहाँका बासिन्दा थाकथालो छाडर्नु पर्ने हो भन्नेपिरमाबाचिरहेका छन् ।

पथरी शनिश्चरे नगरपालिकाका ३ हजार किसान दोहोरो स्वामित्वको समस्या पञ्चायतकालदेखि अहिलेसम्म समाधान हुन सकेको छैन। करिब एक हजार बिघा जमिन द्वैध स्वामित्वमा छ । लामो समयदेखि जोतभोग एकको र जग्गाधनीपुर्जा अर्कोको छ । सरकारै पिछे आयोग बने पनि समस्या अहिले पनि ज्युको त्यु छ ।

दोहोरो स्वामित्वको समस्या व्यहोरिरहेका ३ हजारभन्दा बढी परिवार बसोवास गर्ने पथरी शनिश्चरेमा ८ हजार हाराहारी मतदाता छन् । चुनावैपिच्छे यो क्षेत्रको दोहोरो स्वामित्व र सुकुम्वासी समस्या सदाको लागि हल गरिदिने भनेर उम्मेदवार मत आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । तर, समस्या उस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *