खेलकूद
बार्सिलोना फर्कियो ला लिगा फुटबलको शीर्ष स्थानमा
२०७९ कार्तिक २० गते ८:२८
२० कात्तिक २०७९ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ ।
ला लिगामा गएराति अल्मेरियालाई २–० गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाको जितमा ओउस्माने डेम्बेले र फ्रेन्की डी जोङले एक(एक गोल गरे ।
जितसँगै बार्सिलोनाले १३ खेलबाट ३४ अंक जोडेको छ । खेलपछि बार्सिलोनाका जेरार्ड पिकेले औपचारिक सन्यास लिएका छन् ।
ला लिगाकै अन्य खेलमा ओसासुनाले सेल्टा भिगोलाई र रियल भालाडोलिडले इल्चेलाई समान २१ ले हराउँदा गेटाफे र कार्डिजले गोलरहित बराबरी खेले ।
प्रतिक्रिया