खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा अपराजित रहँदै एपीएफ अंक तालिकाको शीर्षमा

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १७:१२
प्रधानमन्त्री कप क्रिकेटमा अपराजित रहँदै एपीएफ अंक तालिकाको शीर्षमा

१९ कात्तिक २०७९ काठमाडौं । कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै एक सय ९० रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २र२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । भुवन कार्कीले २३, प्रदिप ऐरीले २० तथा लोकेश बम र दीपक बोहराले १०र१० रन बनाए ।

कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३र३ विकेट लिए । दिवन पुनले २ विकेट लिए । ४ खेलमा ७ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।

अर्को खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ५ बल बाँकी छँदै एक सय ६७ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि विशालबिक्रम केसीले ३४, कृष्ण कार्कीले ३१ र सन्दीप रजालीले २३, अनिल खरेलले २२ तथा बसिर अहमेद र मोहमद हुसेनले १५र१५ बनाए । मधेशका राजेश यादव र प्रदिप पासवानले ३र३ विकेट लिए । हरिशंकर साहले २ विकेट लिए । यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो ।

मधेशका लागि हरिशंकर साह, सन्तोष कार्की र अनिल साहले अर्धशतकीय इनिङ खेले । कप्तान हरिशंकरले ७६ रन बनाए भने सन्तोष र अनिलले ५०र५०रन बनाए । लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट लिए । मधेशको यो लगातार दोस्रो जित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्