मुगुः मतपत्र समयमै पुग्यो तर ७ महिनासम्म पाठ्यपुस्तक पुगेन (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १९ गते १६:४३
मुगुः मतपत्र समयमै पुग्यो तर ७ महिनासम्म पाठ्यपुस्तक पुगेन (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ मुगु । मुगुमा शैक्षिक सत्र शुरु भएको ७ महिना पुग्दा पनि अझै पाठ्यपुस्तक पुग्न सकेका छैन । मतपत्र समयमै पुर्‍याउन सक्ने सरकारले किन विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सक्दैन ।

हिमाली जिल्ला मुगुुमा १४० सामुदायिक विद्यालय छन । सामुदायिक विद्यालयमा अध्ययन गर्ने १७ हजार विद्यार्थीले शैक्षिक सत्र शुरु भएको ७ महिना बित्दा पनि पाठ्यपुस्तक पाएका छैनन् ।

पाठ्य पुस्तक समयैमा नपुग्दा विद्यार्थीको पढाई प्रभावित मात्र भएको छैन, नजिकको एसईई परिक्षाको चिन्ता पनि थपिएको छ ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदै छ । यसका लागि मतपत्र जिल्लामा आइसकेको छ । तर विद्यार्थीको भविष्यसँग जोडिएको पाठ्यपुस्तक नपुग्दा अविभावक भने आक्रोशित छन् ।

समयमै पाठ्यपुस्तक विद्यार्थीले नपाउँदा विद्यार्थीको पढाई मात्र प्रभावित भएको छैन शिक्षकहरुलाई पनि पठन पाठनमा समस्या भएको छ ।

पुस्तक ढुवानीको जिम्मा लिएका पुस्तक भण्डारको कारण जिल्लाका चार वटा स्थानीय तहमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेका छैन । प्रत्येक वर्ष दोहोरिरहने यो समस्याकहिले समाधान होला, मुगुवासीको प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *