प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै, आज दुई खेल हुने

हिमालय टिभी
२०७९ कार्तिक १३ गते ९:२४
प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै, आज दुई खेल हुने

१३ कात्तिक २०७९ काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

आज कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब बिहान साढे ९ बजे खेल्नेछन् । यस्तै बिहान साढे ९ बजे नै नेपाल पुलिस क्लव र बागमती प्रदेश मुलपानी मैदानमा खेल्नेछन् ।

कीर्तिपुर र मुलपमानी क्रिकेट मैदानमा आउँदो २६ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी हुने छन् । १ करोड ५० लाख रूपैयाँको लागतमा हुने प्रतियोगितामा ६० लाख रूपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १० लाख, उप–विजेताले ५ लाख र सेमिफाइनल पुग्ने टीमले ५० हजार रूपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २० हजार रूपैयाँ र इमर्जिङ प्लेयरले १० हजार रूपैयाँ पाउनेछन् । यसैगरी हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रूपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *