सरकारले बेवास्ता गर्दा बाढी प्रभावित नागरिकको यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३१ गते २१:३६
सरकारले बेवास्ता गर्दा बाढी प्रभावित नागरिकको यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ मुगु । गत साता अविरल वर्षापछिको बाढी पहिरोले कर्णाली प्रदेशको मुगुसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा नागरिकको बिचल्ली छ ।

दशैंसँगै अविरल वर्षा र बाढीले कर्णालीवासीले आहत भोग्नुपर्यो । एक साता लामो झरीका कारण ठाउँ ठाउँमा आएको बाढी पहिरोले मुगु लगायत कर्णालीका जिल्ला क्षत बिक्षत भए । भौतिक संरचनादेखि बालीनाली सखाप भयो । बाढीले घरबार गुमाएकाहरु अहिले कष्टकर दैनिकी बिताउन बाध्य छन्।

पहिरोमा परेर मुगुमा मात्रै ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ७ सय ४३ घर पूर्णरुपमा भत्किँदा ५ हजार भन्दा बढी मानिस घरबारबिहीन भएका छ्न् ।

बाढीपछि मुगुका ३३ गाउँ पहिरोको उच्च जोखिममा छ्न् । बाटा(घाटा तथा पुल पुलेसा अवरुद्ध हुँदा यसले भोकमरीको चिन्ता थपेको छ ।

पहिरोले गमगाढ विद्युत गृहमा क्षति पुर्‍याउँदा जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ भने नागरिक अँध्यारोमा बस्न बाध्य छन् ।

बाढी पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकट क्षेत्र घोषणा त गरिएको छ तर संकट क्षेत्रमा राहत र उद्धारको काम नहुँदा नागरिक विचल्लीमा पर्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *