पुल नबन्दा यात्रु र सवारी साधनलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२०७९ असोज १८ गते १७:३५
पुल नबन्दा यात्रु र सवारी साधनलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१८ असोज २०७९ गुल्मी । गुल्मीको सदरमुकाम तम्घास देखी पश्चिम क्षेत्रको मुख्य सडक मदन भण्डारी राजमार्ग हो ।

सदरमुकाम तम्घासदेखि सिमलटारी सम्म २७ किलोमिटर सडक कालोपत्रे गरेको पाँच वर्ष भयो । तर, सडक खण्डमा पर्ने चार वटा खोलामा पुल नहुँदा यात्रु, बिरामीसंगै सवारी चालकले समेत सास्तै खेप्दै आएका छन् ।

गुल्मीको प्रमुख सडक मध्ये मदन भण्डारी राजमार्ग एक हो । गुल्मको पाँच स्थानीय तहसँग जोडिने यो सडक खण्डमा दैनिक सयौँ गाडी कुद्छन् । हिउँदमा जेनतेन सवारी साधन चलेपनि वर्षायाममा यहाँका जनताले निकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

यो सडक अन्र्तगत पर्ने हुलाके, धनार्जी, अर्जे र घमिर खोला गरी चार वटा खोलामा पुल छैन । पुल नहुँदा बाढी आउँदा आवतजावत नै बन्द हुने गर्दछ । सवारी चालक पनि सवारी चलाउन मुस्किल हुने गरेको बताउँछन् ।

यता मदन भण्डारी राजमार्गको कार्यालय तम्घासले भने पुल निर्माणको प्रक्रिया अघि बढेर सबैको ठेक्का प्रक्रिया सुरु भएको बताउँछ ।

जिल्लाका पाँच स्थानीय तहका हजारौं यात्रु दैनिक यात्रा गर्ने मुख्य सडकमै पुल नहुँदा समस्या जटिल बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *