ब्याजदर वृद्धिको विरोधमा व्यवसायी आन्दोलित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ७ गते १६:५१
ब्याजदर वृद्धिको विरोधमा व्यवसायी आन्दोलित (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ नेपालगञ्ज । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा नेपालगन्ज उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।

ब्याजदर वृद्धिको विरोधमा नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण व्यवसाय नै धरासयी हुने अवस्था आएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

पछिल्ला दिनमा बैंकले ऋण असुल्ने नाममा व्यवसायीलाई धम्काउने गरेको बताउँदै यस्तो कार्य तत्काल रोक्न संघले चेतावनी दिएको छ ।

चर्को ब्याजदर र खुल्ला सिमानाका कारण व्यापार, व्यवसाय धरासायी हुँदै गएको बताउँदै ब्याजदर सिङ्गल डिजिट अर्थात ९ प्रतिशतमा सीमित गर्न व्यवसायीले सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *