खेलकूद

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द र निरोज मास्केको उम्मेदवारी (भिडियो रिपोर्टसहित)

२०७९ भदौ २० गते ६:१८
भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द र निरोज मास्केको उम्मेदवारी (भिडियो रिपोर्टसहित)

२० भदौ २०७९ काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्व चयनका लागि भदौ २२ गते साधारणसभा हुँदैछ । लामो समयसम्म पनि निर्वाचन हुन नसक्दा आलोचित बनेको संघ यससँगै चुनावी तयारीमा होमिएको छ ।

राष्ट्रिय खेलको मान्यता पाए पनि अपेक्षाकृत सुधार हुन नसकेको भविबल संघमा अब आउने नेतृत्वमा माथि थुप्रै चुनौतीहरु छन् ।

२०७४ मा मन्त्रिपरिषदले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गर्यो । राष्ट्रिय खेलको मान्यता पाएसँगै भलिबलले नयाँ उचाई लिने अपेक्षा थियो । तर ५ वर्ष बित्दा पनि यसमा उल्लेख्य सुधार हुन सकेन ।

संघको वर्तमान कार्य समितिको कार्यकाल सकिएको २ वर्ष बित्न लाग्दा पनि नयाँ निर्वाचन हुन नसक्दा संघको प्रशासनिक कार्य नै अस्तव्यस्त बन्यो । टोलीको प्रदर्शनदेखि आफ्नै कभर्डहल बनाउने सम्मको योजना बनेपनि काम सुरु हुन सकेन । अब आउने नयाँ नेतृत्वले यी सबै चुनौतीको सामना गर्नुपर्नेछ ।

निरोज मास्के
सुदुरपश्चिम प्रदेश
करिब ५ वर्ष खेलाडी जीवन
डेढ दशकदेखि भलिबलमा सक्रिय
केन्द्रीय सदस्य, २०६४
कोषाध्यक्ष, २०६८
उपाध्यक्ष, २०७३

जितेन्द्रबहादुर चन्द
सुदुरपश्चिम प्रदेश
करिव १० वर्ष खेलाडी जीवन
महासचिव, २०६८
महासचिव, २०७३
एभिसि सेन्ट्रल जोन भलिबल एशोसिएशनका कोषाध्यक्ष, २०७८

संघको अध्यक्ष पदका लागि जितेन्द्र बहादुर चन्द र निरोज मास्केले उम्म्द्वारी दिएका छन् । महासचिवमा रोशन श्रेष्ठ र मनवीर छन्त्यालबीच प्रतिस्पर्धा हुने भएको छ । चन्दलाई वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको साथ छ ।

मास्केलाई भने पूर्व अध्यक्षद्वय गंगाबहादुर थापा र दानबहादुर तामाङले साथ दिने बताएका छन् । खुल्ला रुपमा प्यानल घोषणा नभए पनि घोषणा सभामा भएको उपस्थितिका आधारमा दुई जना प्यानल सहितनै मैदानमा उत्रिने देखिएको छ । तर नेतृत्वमा जो आएपनि भलिबलको ग्रासरुट देखीनै विकास र पूर्वाधार निर्माणमा लाग्न सक्ने व्यक्तिनै अहिले संघले खोजेको नेतृत्व हो ।

भलिबल संघको ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्