खेलकूद

नेपाल र केन्याबीच आज चौथो अन्तर्राष्ट्रिय टी–२० खेल हुँदै

हिमालय टिभी
२०७९ भदौ १३ गते ८:३०
नेपाल र केन्याबीच आज चौथो अन्तर्राष्ट्रिय टी–२० खेल हुँदै

१३ भदौ २०७९ काठमाडौं । नेपाल र केन्याबीच आज चौथो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ ।

केन्या भ्रमणमा रहेको नेपाल आज एक खेल अगावै शृंखला जित्ने लक्ष्यमा रहनेछ । पाँच खेलको शृंखलामा नेपाल २–१ ले अघि छ ।

शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेल केन्याले १८ रनले जितेको थियो । तेस्रो खेलमा भने नेपाल ४ विकेटले विजयी भएको थियो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्