वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी

२२ साउन २०७९ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी खेल भारतले ५९ रनले जितेको छ ।
१९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज पाँच बल अगावै १३२ रनमै अलआउट भयो । वेष्ट इण्डिजका कप्तान निकोलस पुरन र रोभम्यान पावेलले समान २४-२४ रन जोडे । बलिङमा भारतका अर्शदीप सिंहले ३ विकेट लिए ।
त्यस्तै अवेश खान, अक्षर पटेल र रवि विश्नोइले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन जोडे । त्यस्तै कप्तान रोहित शर्मा ३३ रनमा आउट हुँदा सञ्जु श्यामसन ३० रनमा अविजित रहे । वेष्ट इण्डिजका ओबेड मेकोय र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।
जितसँगै भारतले ५ खेलको शृंखलामा ३१ को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल वेष्ट इण्डिजले ५ विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया