निर्माणाधिन अवस्थामै यसरी भत्कियो नाली (भिडियो रिपोर्टसहित)

२०७९ साउन २० गते २१:१५
निर्माणाधिन अवस्थामै यसरी भत्कियो नाली (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन अवस्थामा नै नाली भत्किएको छ । निर्माण हुँदै गरेको ५ सय मिटरमध्ये १ सय मिटर नाली निर्माण पूरा नहुँदै भत्किएको हो ।

सुर्खेतको वीरेन्द्रनगरको हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण भइरहेको ५ सय मिटरमध्ये एक सय मिटर नाली भत्किएको छ । प्राविधिक रुपमा तोकिएको मापदण्डभन्दा कमजोर काम भएका कारण नाली भत्किएको स्थानीयको आरोप छ ।

सडक कालेपत्रे गर्नका लागि सडकका २ किनारामा नाली निर्माण गरिएको हो । गत चैतबाट निर्माण शुरु भएको नाली असार मसान्तमै निर्माण सम्पन्न हुनुपर्थ्यो तर अहिलेसम्म काम पूरा भएको छैन । बनाउँदाबनाउँदैको नाली भत्किएपछि स्थानीय जनप्रतिनिधि पनि आक्रोशित छन् ।
द्यथ्त्भ्

सडक निर्माण अनुगमन गरिरहेको पूर्वाधार विकास कार्यालय सुर्खेतले कमसल सामग्री निर्माण प्रयोग गरेको पुष्टि भए ठेकेदार कम्पनीलाई कारबाही गर्ने जनाएको छ ।

पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको ६ वटा प्याकेज अन्तर्गत करिव १ करोड ५९ लाखको लागत स्टिमेट गरेको नाला निर्माणको ठेक्का विद्या एण्ड कालिका निर्माण सेवाले करिव ९९ लाखमा पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *