निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा सरकारी अस्पतालमा भिड (भिडियो रिपोर्टसहित)

२०७९ साउन १३ गते १३:५७
निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा सरकारी अस्पतालमा भिड (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ बाँके । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि बिरामीलाई उपचार सेवा लिन समस्या भएको छ । सरकारी अस्पतालमा सेवाग्राहीको चाप थपिँदा समस्या झन बढेको हो ।

बाँकेका निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा आउने बिरामीको संख्या बढेको छ । यसै पनि बिरामीको चाप हुने भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमका बिरामीसमेत थपिएपछि सेवा प्रवाह चुस्त हुन सकेको छैन ।

भेरी अस्पतालमा बीमा सुबिधाबाट उपचार सेवा लिन बर्दिया, सुर्खेत, दैलेख र कैलालीबाट पनि बिरामी आउने गरेका छन् ।

बिरामीको संख्या बढ्दा काउन्टरमा लामो लाइन बस्नुपर्ने र अस्पताल पुगेकै दिन उपचार सेवा नपाउने गरेको समेत बिरामीको गुनासो छ । दुई जना मात्र कर्मचारी भएका कारण लाइन लागेका बिरामी टिकट काट्नका लागि नै घन्टौ बस्नुपर्ने बाध्यता छ ।

बीमा कार्यक्रम अन्तर्गतको सेवा प्रवाह गर्न भएको कठिनाइ सुल्झाउन प्रयत्न भइरहेको भेरी अस्पताल विकास समितिले जनाएको छ । निजी अस्पतालबाट सेवा बन्द गर्नुपूर्व सरकारी अस्पताल संचालक समितिलाई तयारीका लागि समय दिएको भए यस्तो समस्या नआउने समितिको दाबी छ ।

दीर्घकालीन सोच नबनाई सरकारले निर्णय गर्दा सरकारी अस्पताललाई सेवा प्रवाहमा कठिनाइ भएको छ भने बिरामीले समयमा सेवा पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *