वेष्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय खेलमा भारत विजयी
९ साउन २०७९ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय खेलमा भारत २ विकेटले विजयी भएको छ ।
३१२ रनको लक्ष्य पाहुना टोली भारतले २ बल अगावै ८ विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतको जितमा अक्षर पटेलले अविजित ६४ रन बनाए । त्यस्तै श्रेयस अइयर ६३, सञ्जु श्यामसन ५४ तथा शुभमन गील ४३ रनमा आउट भए ।
वेष्ट इण्डिजका अल्जारी जोसेफ र काइल मेयर्सले समान २२ विकेट लिए । यसअघि क्विन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गर्दै घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।
वेष्ट इण्डिजका साई होपले ११५ रनको शतकीय इनिंग्स खेले । त्यस्तै कप्तान निकोलस पुरनले ७४ रन जोडे । बलिङतर्फ भारतका श्रदुल ठाकुरले तीन विकेट हात पारे ।
जितसँगै ३ खेलको एक दिवसीय शृंखलामा भारतले २–० को अग्रता लिएको छ । पहिलो खेलमा भारतले ३ रनको रोमाञ्चक जित निकालेको थियो ।
प्रतिक्रिया