दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी
७ साउन २०७९ काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड ११८ रनले विजयी भएको छ ।
२०२ रनको लक्ष्य पछ्याएको अफ्रिका २० दशमलव ४ ओभरमा ८३ रनमै अलआउट भयो । अफ्रिकाका हेनरिच क्लेसनले ३३ तथा ड्वेन पेट्रीयोट्सले १७ रन जोडे । अफ्रिकाका ४ खेलाडी शुन्य रनमा पेभेलिएन फर्केका थिए ।
अफ्रिकाको ब्याटिङ ध्वस्त बनाउन इंग्ल्याण्का आदिल रसिदले ३ तथा रिची टोप्ले र मोइन अलीले २–२ विकेट लिए ।
यसअघि ओल्ड ट्राफोर्डमा टस हारेर ब्याटिङ गर्दै घरेलु टोली इंग्ल्याण्डले २८ दशमलव १ ओभरमा अलआउट हुँदै २०१ रनको विशाल योगफल तयार पारेको थियो ।
इंग्ल्याण्डका लायम लिभिङस्टोनले ३८, साम करनले ३५ तथा जोन्नी बेरिष्टोले २८ रन बनाए । अफ्रिकाका पेट्रीयोट्सले चार विकेट लिए । वर्षाले प्रभावित खेल २९ ओभरमा छोट्याइएको थियो ।
पहिलो खेल अफ्रिकाले ६२ रनले जितेको थियो । यससँगै तीन खेलको एक दिवसीय शृंखलामा ११ को अवस्थामा पुगेको छ ।
प्रतिक्रिया