कपिलवस्तुको जगदीशपुर ताललाई पंक्षी आरक्ष क्षेत्र घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १६:४२
कपिलवस्तुको जगदीशपुर ताललाई पंक्षी आरक्ष क्षेत्र घोषणा (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ कपिलवस्तु । कपिलवस्तुको जगदीशपुर ताललाई पंक्षी आरक्ष क्षेत्र घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पंक्षी आरक्ष क्षेत्र घोषणा प्रदेशका लागि ऐतिहासिक दिन भएको बताउनुभयो । गौतम बुद्धको जन्मस्थलसँगै जगदीशपुर चरा आरक्षले विश्वभर पहिचान कायम गर्ने उहाँको विश्वास छ ।

ताललाई पंक्षी आरक्ष घोषणा मात्रै होइन संरक्षणको क्षेत्रमा नयाँ थालनी शुरु गरिएको प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले बताउनुभयो ।

यसअघि कैलालीको घोडाघोडी ताललाई संरक्षण क्षेत्र घोषणा गरे पनि जगदीशपुर ताल चराकै लागि व्यवस्थित रुपमा पंक्षी आरक्ष घोषणा गरिएको पहिलो भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले जानकारी दिनु भयो ।

पंक्षी आरक्षण घोषणा गरिएको जगदिशुपुर जलाशय रामसार क्षेत्रमा सुचिकृत नेपालका १० सिमसार क्षेत्र मध्ये एक हो । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *