खेलकूद

पाँचौं त्रिकोणत्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै

हिमालय टिभी
२०७९ असार २७ गते ९:१६
पाँचौं त्रिकोणत्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै

२७ असार २०७९ स्कटल्याण्ड । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।

स्कटल्याण्डमा हुने एकदिवसीय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपालसहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिजमा नेपालले कम्तिमा ३ खेल जित्ने लक्ष्य राखेको छ । सिरिजमा यी दुई टोलीसँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।

तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल १६ खेलबाट १५ अंक जोडेर पाँचौं र १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।

तालिकाको शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्