खेलकूद
नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनल प्रवेश
२०७९ असार २५ गते ७:५४

२५ असार २०७९ काठमाडौं । शीर्ष वरियताका नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष एकलतर्फ बेलायतका क्यामरुन नोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले फाइनलमा स्थान पक्का पारे । पहिलो सेट २–६ ले गुमाएका जोकोभिचले त्यसपछिका सेट ६–३, ६–२ र ६–४ ले जिते ।
सर्बियाका जोकोभिचले उपाधिका लागि निक किर्गियोसको सामना गर्नेछन् । किर्गियोस वाकओभर पाउँदै फाइनल पुगेका थिए ।
चोटका कारण दोस्रो वरियताका नाडालले सेमिफाइनलबाट नाम फिर्ता लिएपछि किर्गियोसले वाकओभर पाएका थिए ।
महिला एकलतर्फको उपाधिका लागि आज एलिना रेबाकिना र ओन्स जाबेरले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया