खेलकूद

राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलबाट बाहिरिए

हिमालय टिभी
२०७९ असार २४ गते ८:३६
राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलबाट बाहिरिए

२४ असार २०७९ काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलबाट बाहिरिएका छन् ।

पेटमा लागेको चोटका कारण दोस्रो वरियताका नाडालले सेमिफाइनलबाट नाम फिर्ता लिएका हुन् । ३६ वर्षीय नाडाल क्वार्टरुफाइनलमा टेलर फिरिट्जसँगको खेलका क्रममा घाइते भएका थिए ।

फाइनल प्रवेशका लागि नाडालले अष्ट्रेलियाका निक किर्गियोसको सामना गर्नुपर्ने थियो । कीर्तिमानी २२औं पटक ग्राण्डस्लाम विजेता नाडालले यस वर्ष अष्ट्रेलियन र फ्रेञ्च ओपन जितिसकेका थिए ।

उनले दुई पटक विम्बल्डन टेनिसको उपाधि उचालेका छन् । अर्को सेमिफाइनलमा आज शीर्ष वरियताका नोभाक जोकोभिच र नवौं वरियताका बेलायतका क्यामरुन नोरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्