कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

२०७९ असार ३ गते ८:४२
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

३ असार २०७९ पाल्पा । कालीगण्डकी नदीमा -याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ ।

पाल्पाको रानीमहल क्षेत्रमा -याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *