विश्व विजेता फ्रान्स फेरि बराबरीमा रोकियो

२८ जेठ २०७९ काठमाडौं । यूईएफए नेसन्स लीग फूटबलमा साविक विजेता फ्रान्स फेरि बराबरीमा रोकिएको छ ।
समूह ए वान अन्तर्गत आफ्नो दोस्रो खेलमा विश्व विजेता फ्रान्सले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो । आन्द्रेस विम्यानले ३७औं मिनेटमा अष्ट्रियालाई शुरूवाती अग्रता दिलाएका थिए ।
तर ८३औं मिनेटमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्दै खेल १–१ गोलको बराबरी गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
यसअघि फ्रान्सले दोस्रो खेलमा क्रोशएसियासँग १(१ को बराबरी खेलेको थियो । पहिलो खेलमा हार र त्यसपछिका दुई खेल बराबरीपछि तालिकाको पुछारमा रहेको फ्रान्सले तीन खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो ।
यही समूहको अर्को खेलमा क्रोएशियाले डेनमार्कलाई १० ले हरायो । समान ३ खेलबाट डेनमार्क ६ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।
प्रतिक्रिया