भूमे गापको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

२०७९ जेठ ३ गते २१:०६
भूमे गापको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

३ जेठ २०७९ रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ ।

भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जना भारी मतका साथ विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी श्रेष्ठले तीन हजार ९७५ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा विजयी बुढाले तीन हजार ९५१ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका नेशनल मङ्गोल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले ५०३ मत प्राप्त गर्नुभयो । एमाले–कांग्रेस गठबन्धनबाट उपाध्यक्षमा लड्नुभएका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३५५ मत प्राप्त गर्नुभयो ।

यस गाउँपालिकामा उम्मेदवारी दिँदा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको थियो । पछि कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

नौवटा वडा रहेको यस गाउँपालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *