खेलकूद

आईपीएल टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा आज मुम्बई र कोलकाता भिड्दै

हिमालय टिभी
२०७९ वैशाख २६ गते ९:३८
आईपीएल टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा आज मुम्बई र कोलकाता भिड्दै

२६ वैशाख २०७९ काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज एक मात्र खेल हुने भएको छ ।

आज हुने खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । डक्टर डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुने मुम्बई र कोलकाताबीचको खेल साँझ ७ : ४५ मा शुरु हुनेछ ।

यसअघि, हिजो भएको खेलमा चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्लोरले जित हात पारेका छन् । हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६७ रनले हराउँदै बैङ्लोरले जित हात पारेको हो ।

वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । १ सय ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ शुरु गरेको हैदरावाद ४ बल बाँकी छदै १ सय २५ रनमै समेटियो ।

हिजै भएको अर्को खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराउँदै जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।

२ सय ९ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्लीले निर्धारित ओभरको १७ दशमलव ४ बलमा अलआउट हुँदै १ सय १७ रन बनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्