खेलकूद

आईपीएल क्रिकेटमा हैदराबादविरुद्ध दिल्ली विजयी

हिमालय टिभी
२०७९ वैशाख २३ गते ७:४२
आईपीएल क्रिकेटमा हैदराबादविरुद्ध दिल्ली विजयी

२३ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

आईपीएलमा गएराति दिल्लीले सनराइजर्स हैदराबादलाई २१ रनले पराजित गरेको हो । २०८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८६ रनमात्र बनाउन सक्यो ।

उसका लागि निकोलस पुरनले ६२ तथा एडिएन मारक्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमदले ३ तथा श्रदुल ठाकुरले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा तीन विकेटको नोक्सानीमा २०७ रन बनाएको थियो । दिल्लीका डेविड वार्नर ९२ रनमा अविजित रहे ।

जितसँगै पाँचौ स्थानमा उक्लिएको दिल्लीले १० खेलबाट १० अंक जोडेको छ । उता समान खेलबाट समान १० अंक नै रहेको हैदराबाद छैठौं स्थानमा छ ।

त्यस्तै रोभम्यान पावेलले नटआउट ६७ रन जोडे । आज गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्