खेलकूद

नेपाल र जिम्बावे एकएकको बराबरी

हिमालय टिभी
२०७९ वैशाख २१ गते १९:०५
नेपाल र जिम्बावे एकएकको बराबरी

२१ वैशाख २०७९ काठमाडौं । ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पाली खेल्दा जिम्बावे ए सँगको ट्वेन्टी–ट्वेन्टी सिरिज बराबरी गर्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न ३ खेलको सिरिजको अन्तिम खेलमा पाहुना टोली जिम्बावे एलाई ८ विकेटले हराउँदै नेपालले सिरिज १–१ को बराबरी गरेको हो । पहिलो खेलमा ६ विकेटले हारेको नेपालले अन्तिम खेलमा जित हात पारेसँगै सिरिज बराबरीमा सकिएको छ ।

सिरिजको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । अन्तिम खेलमा १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफले विष्फोटक ब्याटिङ गरे ।

५४ बलको सामना गरेको उनले १३ चौका र १ छक्का सहित नटआउट ८७ रनको अर्धशतकीय पाली खेले । शान्दार सुरुवात गरेको नेपालका लागि आसिफले अर्का ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे । तर १० औं ओभरमा कुशल ३४ रन बनाएर ब्रेन्डन मभुताको बलमा बोल्ड भए । बसिर अहमदले १० रन जोडे ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । जिम्बावे ए विरुद्ध कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

त्यस्तै सोमपाल कामी र बसिर अहमदले ११ विकेट लिए । अब यि दुईबीच ३ खेलको एक दिवसिय सिरिज पर्सिदेखी हुनेछ । आईसिसी विश्व क्रिकेट लिग टु को तयारीमा रहेको नेपालले एक दिवसिय सिरिजका लागि फरक टोली मैदानमा उतार्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्