खेलकूद

आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पाँचौं जित

हिमालय टिभी
२०७९ वैशाख ५ गते ७:३२
आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पाँचौं जित

५ वैशाख २०७९ मुम्बई । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जित निकालेको हो ।चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा डाभिड मिल्लरले अविजित रहदै ९४ रनको अर्धशतकीय इनिङस् खेले । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय इनिङस् खेले ।

गुजरातका अल्जारी जोसेफले २ विकेट लिए । जितसँगै ६ खेलमा १० अंक जोडेर गुजरात शीर्ष स्थानमा यथावत छ । चेन्नईको यो पाँचौं हार हो ।

यता हिजै भएको अर्को खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै हैदरावादले चौंथो जित निकालेको हो । पन्जाबले दिएको १ सय ५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादको जितमा एडिन मार्क्रमले अविजित ४१ रन जोडे। पन्जाबका राहुल चाहरले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर अलआउट हुँदै १ सय ५१ रन जोडेको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङस् खेले ।

हैदरावादका उमरान मलिकले ह्याट्रिकसहित ४ विकेट लिए । जितसँगै ६ खेलमा ८ अंक जोडेको हैदरावाद चौंथो स्थानमा उक्लिएको छ । ६ खेलमा ६ अंक जोडेर पञ्जाब सातौं स्थानमा झरेको छ ।

आईपीएल अन्तर्गत आज राजस्थान रोयल्स् र कोलकाता नाइट साइडर्सबीच साँझ पौन आठ बजे खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्