नापीको बदमासी– पूर्जा छ, भोगचलन गर्न पाइँदैन (भिडियो रिपोर्टसहित)

२०७८ चैत २७ गते २०:२६
नापीको बदमासी– पूर्जा छ, भोगचलन गर्न पाइँदैन (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ दाङ । बुटवलमा वस्ती विकास समितिले फर्जी लालपूर्जा वितरण गरिरहँदा दाङमा भने आफ्नै नाममा रहेको र कर तिरेको जग्गाको समेत उपभोग गर्न पाएका छैनन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका १९, स्यालापानीका करिब ३० घर परिवारसँग आफ्नो नाममा लालपूर्जा छ । तर, भोगचलनका लागि भने जग्गा छैन। तिरो उनीहरुले तिरे पनि जग्गा भने अरुले नै उपभोग गर्छन् ।

यो स्यालापानी गाउँ । यहाँका तीसभन्दा बढी परिवारसँग लालपूर्जा छ । तर, लालपूर्जामा भएको जग्गा न किनबेच गर्न सक्छन् न धितो राखेर ऋण निकाल्न नै ।

२०२८ सालमा यहाँको जग्गा नापी भयो । नापी र अहिले भैरहेको उपभोगलाई आधार मान्ने हो भने ६ विगाहा जग्गामा समस्या छ । जहाँ जग्गा कुनै व्यक्तिको नाममा छ भने त्यसको उपभोग अरु नै कसैले गरिरहेको छ ।

कतिपयले त धेरै जग्गाको कर तिरिरहेका छन् तर उपभोगमा थोरै जग्गा छ । त्यत्तिबेला जग्गा नापी हुँदा मालमोतका कर्मचारीको लापबाहीले यस्तो भएको स्थानीयको बुझाइ छ । उनीहरुले यही समस्या समाधान गर्नका लागि विभिन्न निकायमा पनि धाए तर समस्या समाधान भएन ।

जग्गाको विषय पुरानो भएका कारण पनि स्थानीयको एकमत हुन सकेको छैन । स्थानीय सरकारले समस्या समाधानका लागि गरेको प्रयास पनि सफल भएन ।

जग्गाको समस्या जेरी झैं जेलिएको छ । त्यसलाई फुकाउने जिम्मा सम्बाद समूहलाई सुम्पियो ।

पछिल्लो समय स्यालापानी हुँदै सडक कालोपत्रे हुने क्रममा उपभोग गर्ने र जग्गा धनी दुबैले पनि चासो दिएपछि समस्या चर्किएको हो । समस्या के हो र कसरी समाधान गर्ने भन्ने विषयमा सम्बन्धित निकायले चासो नदेखाउँदा यहाँका स्थानीय समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *