आगलागीको उच्च जोखिममा नरैनापुर (भिडियो रिपोर्टसहित)

२०७८ चैत २६ गते १६:३३
आगलागीको उच्च जोखिममा नरैनापुर (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ बाँके । नेपालगन्जबाट करिब ४० किलोमिटर पूर्वमा रहेको नरैनापुर गाउँपालिकामा ८० प्रतिशतभन्दा बढी फुसको छाना भएका घर छन् । यो वस्ती आगलागीको उच्च जोखिममा छ । गर्मी मौसम लागेसँगै नरैनापुरका स्थानीयलाई कतिबेला आगलागीको चपेटामा परिने हो भन्ने चिन्ता हुन्छ ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदवा की रामप्यारी पासी । गत सोमबारको आगलागीमा रामप्यारी पासीको घर खरानीमा परिणत भयो । यो पटक मात्र हैन हरेक वर्ष आगलागीका कारण घर उजाडिन्छ । फुसको छाना हटाएर जस्ता वा ढलान गर्ने क्षमता छैन । वर्षेनी घर उजाडिँदा अब के गर्ने सोच्नै सकेकी छैनन् । केही सहयोग पाइन्छ कि भन्ने आशामा छिन् उनी ।

उनी जस्तै खोदवाका धेरै नागरिक पीडित छन् । हरेक गर्मीयाममा आगलागीको समस्या भोग्ने यहाँका स्थानीय हरेक वर्ष नयाँ घर बनाउन बाध्य छन् । फुसको छानो फएका कारण छिट्टै आगो टिप्ने र क्षणभरमै खरानी हुने गरेको छ यहाँका वस्ती ।

गत सोमबार मात्र १६ घर जलेर नष्ट भयो । अघिल्ला वर्षहरुको तथ्याङ्क हेर्ने हो भने यो त सुरुवात मात्र हो । अघिल्लो वर्ष १५ वटा आगलागीको घटनामा १९५ घर गोठ जलेर नष्ट भएको थियो ।

आगलागीबाट हुने क्षति न्यूनीकराण गर्न गाउँपालिकाले दमकल खरिद गरेर सेवा सञ्चालन गरेको छ । तर, आगलागी शुरु भएको क्षणभरमै घरहरु खरानी भइसक्छन् । आगलागी पीडितका लागि संघीय सरकारको तर्फबाट १५ हजार रूपैया राहत वितरणको गरिएको छ । तर, उनीहरु हरेक वर्ष राहत ल्याउनुभन्दा पक्की घर बनाइदिन माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *