खेलकूद

आईपीएल क्रिकेटमा आज पञ्जाब र गुजरात भिड्दै

हिमालय टिभी
२०७८ चैत २५ गते ९:३९
आईपीएल क्रिकेटमा आज पञ्जाब र गुजरात भिड्दै

२५ चैत २०७८ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज पनि एक मात्रै खेल हुने भएको छ ।

मुम्बईको ब्राबौनमा हुने आजको खेलमा पञ्जाब किङ्ग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । पञ्जाब र गुजरातबीचको खेल साँझ ७ : ४५ मा शुरु हुनेछ ।

यसअघि, हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले जित हात पारेको छ । मुम्बईमा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लखनउले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले निर्धारित ओभरमा जम्मा ३ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । १ सय ५० रनको लक्ष्य पछ्याएको लखनउले २ बल बाँकी छदा ४ विकेटको क्षतिमा जित हात पा-यो ।

जितसँगै लखनउ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने दिल्ली पुछारबाट चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्