खेलकूद

सिलवालको रिट खारेज

२०७८ चैत २२ गते २१:०३
सिलवालको रिट खारेज

२२ चैत २०७८ काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ ।

न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो ।

कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो । मङ्सिर १३ गते सरकारले टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।

सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लगत्तै सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

सिलवाललाई २०७६ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो । रिट खारेजपछि यसअघि जारी अल्पकालिन आदेश स्वतः बदर हुने भएकाले सरकारले पछि नियुक्त गरेका घिसिङलाई सदस्य सचिवको रुपमा काम गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्