खेलकूद

पीएनजीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ६ रनले पराजित

हिमालय टिभी
२०७८ चैत ११ गते १७:३२
पीएनजीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ६ रनले पराजित

११ चैत २०७८ काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)सँग दुई खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा इतिहासकै सर्वाधिक रन बनाए पनि नेपालले खेल जित्न भने सकेन । पीएनजीले दिएको २ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको नेपालले पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ७३ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले ओपनर कुशल भुर्तेललाई ३२ र दीपेन्द्र सिंह ऐरीलाई १५ रनमै गुमायो ।

नेपालका लागि युवा ब्याटर रोहितकुमार पौडेलले सर्वाधिक १ सय २६ रनको शतकीय पाली खेले । उनलाई आरिफ शेखले मध्येक्रममा साथ दिए पनि ३४ रनमै आउट भए । पिएनजीका नोर्मन भानुआले ३, अमिनी र भालाले २–२ विकेट लिए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनाएको हो । पीएनजीले एक दिवसीयमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।

यसअघि, सन् २०१४ मा पीएनजीले हङकङविरुद्ध २ सय ६४ रन थियो । त्यस्तै, नेपालले पछ्याएको यो अहिलेसम्मकै उच्च लक्ष्य हो । यसअघि सन् २०१९ मा युएईले तेस्रो एक दिवसीयमा नेपालविरुद्ध २ सय ५४ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्