नेपाल र साउदीबीच सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर

हिमालय टिभी
२०७८ चैत १ गते १६:४०
नेपाल र साउदीबीच सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबीच सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र नेपाल भ्रमण रहेका साउदी विदेशमन्त्री फैजल बिन फरहान बिन साउदबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई मुलुकका विदेशमन्त्रीबीच परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता पछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्रिपरिषद् बैठकले गत साता सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो ।

नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि सम्झौताले मार्गनिर्देश गर्नेछ ।

नेपालको दुई दिने भ्रमणमा हिजो काठमाडौं आएका साउदी विदेशमन्त्री फहरानले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै निजी विमानमा नेपाल आएका फरहान आजै स्वदेश फर्किनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *