प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेडविरुद्ध म्यानचेष्टर सिटी विजयी
२३ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।
गएरातिको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हराएको हो । सिटीलाई जित दिलाउन केभिन डे ब्रुएन र रियाद महरेजले २–२ गोल गरे ।
युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए । जितसँगै २८ खेलबाट ६९ अंक जोडेको सिटी दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकले अघि छ । युनाइटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यता गएरातिकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ ले हराएको छ । आर्सनलको जितमा मार्टिन ओडेगार्ड,बुकायो साका, गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।
वाट्फोडका तर्फबाट हर्नान्डेज र मौसा सिसोकोले एक एक गोल फर्काए । जितसँगै २५ खेलमा ४८ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वाट्फोर्ड १९ अंकका साथ १९ औं स्थानमा छ ।
प्रतिक्रिया