समाज

कृषिमा रमाउन थाले राईगाउँका बासिन्दा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २२ गते २०:३०
कृषिमा रमाउन थाले राईगाउँका बासिन्दा (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७८ धादिङ । त्रिशुली नदीबाट बालुवा निकालेर जिविकोपार्जन गर्दै आएका धादिङको गजुरी गाउँपालिका राई गाउँका बासिन्दाको दैनिकी फेरिएको छ । ज्यान जोखिममा राखेर नदीबाट बालुवा निकाल्ने र बोक्ने मजदुरी गरेका उनीहरु अहिले कृषिकर्ममा लागेका छन् ।

केही वर्ष अघिसम्म जोखिम मोलेर त्रिशुलीमा बालुवा निकालेर जीविकोपार्जन गर्ने धादिङ गजुरी राई गाउँका बासिन्दा अहिले खेतबारीमा रमाउन थालेका छन् ।

केही सामाजिक संस्थाले उत्साह र ऊर्जा भरिदिएपछि उनीहरुको मेहनतले फल दिन थालेको छ । त्यसअघि बालुवा निकाल्ने क्रममा धेरै मजदुरलाई त्रिशुली नदीले निलेको थियो ।

पाखुरामा बल हुनेबेलासम्म त बालुवा निकालेर जिविकोपार्जन हुने तर, जिन्दगीको उत्तरार्धमा हातमुख जोड्नै मुस्किल हुने भएपछि उनीहरु अहिले कृषि कर्ममा लागेका हुन । पौरखले अहिले तोरीबारी पहेँलपुर भएको छ । आलु, बन्दा, काउली, अदुवा, बेसार, लसुन, प्याजले खेतबारी हराभरा भएका छन् ।

अहिले राईगाउँका साढे दुई सय परिवारको दैनिकी फेरिएको छ । पहिले त्रिशूलीको किनारमा दैनिकी बिताएका उनीहरुले अहिले खेतीपाती गर्दा सहज हुने अनुभव संगालिसकेका छन् । आम्दानी पनि सन्तोषजनक भएको छ ।

राई गाउँका किसान खेतीमा रमाइरहेका त छन् । तर सरकारबाट केही सहयोग आउँछ कि भन्ने आशमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *