जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

हिमालय टिभी
२०७८ फागुन २० गते १३:०७
जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

२० फागुन २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *