खेलकूद

ट्वेटी–ट्वेन्टी क्रिकेटमा नेपालको विश्व वरीयता खस्कियो

हिमालय टिभी
२०७८ फागुन ११ गते १०:२१
ट्वेटी–ट्वेन्टी क्रिकेटमा नेपालको विश्व वरीयता खस्कियो

११ फागुन २०७८ काठमाडौं । ट्वेन्टी–ट्वेन्टी क्रिकेटको विश्व वरीयतामा नेपाल दुई स्थान तल खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको नयाँ वरीयता अनुसार नेपाल दुई स्थान तल झर्दै १५औं स्थानमा पुगेको हो । नेपालले १ सय ८४ अंकको रेटिङ पाएको छ । नेपाल दुई हप्ताकै अवधिमा तीन स्थान तल पुगेको हो ।

यसअघि १२ औं स्थानमा रहेको नेपाल चार देश सहभागी ट्वेन्टी–ट्वेन्टी शृंखलामा यूएई र आयरल्याण्डसँग पराजित भएसँगै एक स्थान तल पुगेको थियो । त्यसपछि विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै अझै दुई स्थान तल झरेको छ ।

नयाँ वरीयतामा यूएई १२ औं स्थानमा उक्लिंदा स्कटल्याण्ड १३ औं र आयरल्याण्ड १४ औं स्थानमा छन् । भारत पहिलो, इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा कायमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्