खेलकूद

च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी र पीएसजी विजयी

हिमालय टिभी
२०७८ फागुन ४ गते ८:४६
च्याम्पियन्स लीगमा म्यानचेष्टर सिटी र पीएसजी विजयी

४ फागुन २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को खेलमा म्यानचेष्टर सिटी र पीएसजी विजयी भएका छन् ।

पहिलो लेग अन्तर्गत इंग्लिस क्लब सिटीले पोर्चुगलको स्पोर्टिङ लिस्बनमाथि ५–० को शानदार जित निकाल्यो । अवे मैदानमा सिटीको जितमा बेरनार्डो सिल्वाले दुई तथा रियाद महरेज, फिल फोडेन र रहिम स्टरलिङले एक(एक गोल गरे ।

महरेजले सातौं मिनेटलाई सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि सिटीका लागि १७औं र ४४औं मिनेटमा सिल्वाले, ३२औं मिनेटमा फोडेनले र ५८औं मिनेटमा स्टरलिङले गोल थपेका थिए । दोस्रो लेग सिटीको मैदानमा मार्च १६ तारिखमा हुनेछ ।

यस्तै अर्को खेलमा फ्रान्सेली क्लब पीएसजीले रियल मड्रिडलाई १–० ले स्तब्ध बनायो । घरेलु मैदानमा पीएसजीका लागि केलिएन एम्बाप्पेको एकमात्र गोल नै निर्णायक रह्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा एम्बाप्पेले अन्तिम समयको इञ्जुरी समयमा गोल गरेका थिए ।

यसअघि ६२ औं मिनेटमा लियोनल मेस्सीको पेनाल्टी प्रहार रियलका गोलकिपरले बचाएका थिए । दोस्रो लेग रियलको मैदानमा मार्च ९ तारिखमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्