माओवादी संसदीय दलको बैठक बस्दै

हिमालय टिभी
२०७८ फागुन ४ गते ८:३४
माओवादी संसदीय दलको बैठक बस्दै

४ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

संसद बैठकमा एमसीसी टेबुल हुने सम्भावनाबीच माओवादीको संसदीय दल बैठक बस्न लागेको हो । बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ।

माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने छ।

यसैबीच नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसीको विपक्षमै रहने भएको छ । एमसीसी परिमार्जन नभएसम्म पारित गर्न नहुने उसको अडान छ ।

समाजवादीले भ्रातृ संस्थाहरूलाई सडक आन्दोलनमा समेत उतारिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *