खेलकूद
ए डिभिजन लीगमा दशौं चरणका खेल शुरु हुँदै
२०७८ माघ २८ गते ७:३३
२८ माघ २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आजदेखि दशौं चरणका खेल शुरू हुँदैछन् ।
दशौं चरण अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
६ अंक मात्र जोडेको ब्रिगेड तालिकाको १२औं स्थानमा रहँदा ३ अंक रहेको फ्रेण्ड्स तालिकाको पुछारमा रहेको टोली हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
यस्तै आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् ।
तेस्रो स्थानको आर्मीले १७ अंक जोड्दा ११औं स्थानको जावलाखेलको ८ अंक छ । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।
प्रतिक्रिया