खेलकूद
लेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो
२०७८ माघ २४ गते ८:१४

२४ माघ २०७८ काठमाडौं । लेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ ।
गएराति भएको खेलमा नटिंगघम फरेस्टसँग ४–१ गोल अन्तरले पराजित हुँदै लेस्टर चौथो चरणबाट बाहिरिएको हो । खेलको २३औँ मिनेटमा फिलिपले गोल गर्दै नटिंगघमलाई सुरुआती अग्रता दिलाएका थिए ।
२४औँ मिनेटमा ब्रेनन जोनसनले गोल गर्दै नटिंगघमलाई २–० को अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा जोए वोरलले गोल गरेपछि नटिंगघमको अग्रता तेब्बर भयो ।
खेलको ४०औँ मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई ३–१ को स्थितिमा ल्याए । तर, खेलको ६१औँ मिनेटमा जेड स्पेन्सले गोल गर्दै नटिंगघमलाई ४१ को जित दिलाए ।
प्रतिक्रिया