अण्डर–१९ एक दिवसीय क्रिकेट उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने
२० माघ २०७८ काठमाडौं । उन्नाइस वर्षमुनिको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज बिहान सकिएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै भारतले इंग्ल्याण्डसँगको भिडन्त पक्का पारेको हो । २ सय ९१ रनको लक्ष्यसिहत मैदान ओर्लेको अष्ट्रेलिया ४१ दशमलव ५ ओभरमा १ सय ९४ रनमै अलआउट भएको थियो ।
उसका लागि लाचलन शाले ५१ रन बनाए । त्यस्तै कोरे मिलरले ३८ तथा क्याम्पवेल केलावेले ३० रन जोडे । बलिङमा भारतका विक्की ओष्टवालले ३ तथा रवी कुमार र निशान्त सिन्धुले समान २२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय ९० रन बनाएको थियो । भारतका कप्तान यश धूलले १ सय १० रनको शतकीय इनिंग्स खेले ।
त्यस्तै शेख रशिद ९४ रनमा पेभेलिएन फर्के । अष्ट्रेलियाका ज्याक निष्वेट र विलियम साल्जम्यानले समान २–२ विकेट हात पारे । इंग्ल्याण्ड भने पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै फाइनल पुगेको थियो । उपाधि भिडन्त आइतबार हुनेछ ।
प्रतिक्रिया