खेलकूद

आहा ! रारा गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदै

हिमालय टिभी
२०७८ माघ १२ गते ९:२७
आहा ! रारा गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदै

१२ माघ २०७८ पोखरा । आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनल खेल हुँदैछन् ।

सेमिफाइनलको पहिलो खेलमा आज मछिन्द्र फूटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे शुरु हुनेछ ।

आजको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्